अत्तरियामा टीभीएसको नयाँ शोरुम, ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, अत्तरियामा आफ्नो एक्स्क्ल्यूजिव थ्री एस (सेल्स, सर्भिस एण्ड स्पेयर्स) सुविधा सम्पन्न नयाँ शोरुम, बागेश्वरी मल्टी मोटर्सको उद्घाटन गरेको छ।

शोरुम उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा कैलाली गोदावरीका उप–मेयर रत्ना कडायर, उद्योग वाणिज्य संघ –अत्तरियाका अध्यक्ष अशोक देवकोटा, वडा अध्यक्ष शर्मान्द भट्ट, अत्तरिया प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेल, अत्तरिया ट्राफिक प्रमुख बाम देव गौतम, टीभीएस मोटर्स कम्पनीका कन्ट्री हेड दीपक मक्कर, जगदम्बा मोटर्सका उप सभापतिरनिर्देशक दीपक कुमार अग्रवाल, जगदम्बा मोटर्सका बिक्री महाप्रबन्धक दीपक रौनियार को उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै बागेश्वरी मल्टी मोटर्सका प्रबन्ध निर्देशक प्रेम साउदले भने, ‘ग्राहकहरुले अत्याधिक रुचाएको ब्राण्ड, टीभीएसको थ्रीएस सुविधा सम्पन्न नयाँ शोरुम अत्तरियामा खोल्न पाउँदा हामी निकै हर्षित छौँ। नयाँ शोरुमले टीभीएसका बाईक तथा स्कुटरको खरिदका साथै सर्भिसमा समेत ग्राहकलाई थप सहजता प्रदान गर्नेमा हामी आशावादी छौँ।’

नयाँ शोरुमको उद्घाटनका साथै कम्पनीले कार्यक्रम मार्फत यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गतको अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर पनि सार्वजनिक गरेको छ।

‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार, अस्मिता अधिकारी, हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल, मिडिया व्यक्तित्व नरेश भट्टराई र निता प्रधांगना, टिक–टक स्टार उषा उप्रेती लगायतको उपस्थिती रहेको थियो।

यूवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फ्रस्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स