चन्द्रागिरी हिल्सको साधारण सभा आह्वान, लगानीकर्ताको हात खाली

काठमाडौं । चन्द्रागिरि हिल्सले साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले पुस २९ गते बिहीबार थानकोट स्थित टप स्टेसन परिसरमा रहेको आफ्नो कार्यालयमा आह्वान गरेको सभामा लाभांश वितरणसम्बन्धी कुनै पनि प्रस्ताव समावेश छैन ।

कोभिडका कारण सरकारले गरेको निषेधाज्ञाका कारण कम्पनी गत आवमा कम्पनी २५ करोड ३८ लाख रुपैयाँ नोक्सानीमा पुगेपछि लाभांश वितरण गर्न नसकेको हो ।

सभामा पाँच सामान्य र एक विशेष गरी ६ वटा प्रस्ताव उपर छलफल गरी पारित हुने भएको छ । सामान्य प्रस्ताव अन्तर्गत सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत बाह्रौ वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७७।७८ को वासलात,नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तिय विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आव २०७८।७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने र एक स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पेश हुने भएको छ ।

सभामा विशेष प्रस्तावको रुपमा कम्पनीले चन्द्रागिरी हिल्स लिमिटेडको प्रबन्धपत्रको दफा ४ (१) मा कम्पनीको उद्देश्यमा थप गरी संसोधन गर्ने र उक्त संसोधनमा नियामक निकायबाट सुझाव वा निर्देशन भएमा सो बमोजिम आवश्यक संसोधन वा परिमार्जनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते शुक्रबार सेयर दाखिल खारेजी (बुकक्लोज_ गर्ने भएको छ । यसअनुसार पुस १५ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स