रोल्पाको थवाङबाट अब १२ घण्टामै काठमाडौं पुग्न सकिने

रोल्पा । रोल्पाको थवाङ सिधैं काठमाडौंसँग जोडिएको छ । थवाङबाट काठमाडौंका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ-काठमाडौंसँग जोडिएको हो ।

बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौं पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौंका लागि रात्रिबस सेवा सुरु भएको छ । हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ । यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब आठ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडौं जाने गरेका थिए । थवाङ-लिवाङ र लिवाङ-काठमाडौंको बराबरी भाडा तिर्न बाध्य उनीलाई थवाङ-काठमाडौं बस सेवा सुरु भएसँगै राहत मिलेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स