एनएमबि बैंक सहित आज ४ कम्पनीको सेयर मूल्य समायोजन, यस्ता छन् एजेण्डा

काठमाडौं । आज बुधबार पुस ७ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेले एमएमबि बैंक, नेपाल एसबिआई बैंक, छिमेक लघुवित्त र गणपति लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन एनएमबि बैंकको १२.५० प्रतिशत र नेपाल एसबिआई बैंकको ३.५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो ।
समायोजनपश्चात एनएमबि बैंकको सेयरमूल्य ३३६ रुपैयाँ ३६ पैसा, एसबिआई बैंकको ३४४ रुपैयाँ ८३ पैसा पुगेको छ ।
समायोजन गरिएको हो। अघिल्लो कारोबार दिन अर्थात पुस ६ गते मंगलबार एनएमबि बैंकको सेयर प्रतिकित्ता ३७८ रुपैयाँ ४० पैसा, नेपाल एसबिआई बैंकको ३५६ रुपैयाँ ९० पैसा थियो ।

त्यसैगरी, यस दिन छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस सेयर समायोजन गरेको हो ।
सेयर मूल्य समायोजनपश्चात छिमेक लघुवित्तको १ हजार २४० रुपैयाँ ८ पैसा र गणपति लघुवित्तको १ हजार १७४ रुपैयाँ ७९ पैसा कामय भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात पुस ६ गते मंगलबार छिमेक लघुवित्तको १ हजार ५७४ रुपैयाँ ९० र गणपति लघुवित्तको १ हजार ३९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

बुधबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरिएको हो ।

साधारणसभामा एनएमबिको यस्ता छन् एजेण्डा

एनएमबि बैंक लिमिटेडले पुस २२ गते, त्रिभुवन आर्मी अफिसर्स क्लबमा २६ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

एसबिआईमा नयाँ सञ्चालक समेत चयन हुने

नेपाल एसबिआई बैंक लिमिटेडले पुस २० गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लबमा २८ वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको ३.५० प्रतिशतका दरले बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

छिमेक लघुवित्त वित्तीयको मर्जर र एक्विजिशनसम्मका एजेण्डा

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पुस २३ गते मकवानपुरको हेटौंडा स्थित होटल सामनाको सभा हलमा २० औं वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले लाभांशका साथै अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्नेछ ।

नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्य गर्न प्रबन्धपत्रमा दफ थप गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

गणपति लघुवित्तको ५ औं साधारणसभा

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १७ गते, शनिबार ह्वाइट हाउस पार्टि प्यालेस, दुलेगौंडा, तनहुँमा ५ औं वार्षिक साधारण सभा डकेको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले अन्य लघुवित्तसँग गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको मनोनयन समर्थन गर्नेछ ।

साथै स्वतन्त्र सञ्चालकको मनोनयन समर्थन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स