नबिल बैंकद्वारा दराज तथा आइमार्कसँग नबिल स्मार्टपोस सञ्चालन सम्झौता

काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ । आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवम् स्वीकार गर्न सकिन्छ । नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सो समझदारी गरेको हो ।

यस सम्झौता अन्तर्गत, दराजमार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्षम हुनेछन । दराजले चाँडैै नै १ सय भन्दा बढी नबिल स्मार्टपोस मार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्नेछ ।

त्यस्तै, आइमार्कले बैंकलाई ४ हजार भन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ, जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोन जस्तै हरेक अनुभवको लाभ प्रदान गर्नेछ ।

नबिल बैंक पोसको क्षेत्रमा यस्तो ठूलो प्राविधिक प्रगतिको लागि दराज र आइमार्कसंँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दछ । आफ्नो डिजिटल सेवामा नबिल स्मार्टपोस थप गरेसँगै बैंक आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार समेत भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स