भ्यालेन्सियाको प्रतिस्पर्धात्मक जित

एजेन्सी । भ्यालेन्सियाले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ । सोमबार राति भएको खेलमा मध्यम टोली भ्यालेन्सियाले रेलिगेसनमा रहेको लिभान्तेलाई ४-३ गोलले हरायो ।

लिभान्तेको घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई जिताउन गोन्कालो ग्वेडेस र कार्लोस सोलरले २/२ गोल गरे । । लिभान्तेका जोस कम्पाना, रोगर मार्टी र इनिस बार्धीले गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता लिभान्तेले लिएको थियो । २१औं मिनेटमा कम्पानाले गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । २४औं मिनेटमा रोगरले जोस लुईस मोरालेसको पासमा गोल गर्दै लिभान्तेको अग्रता दोब्बर बनाए । त्यसपछि जोसिएको भ्यालेन्सियाले ४४औं मिनेटमा पहिलो गोल फर्कायो ।

ग्वेडेसले हुगो डुरोको पासमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । ५०औं मिनेटमा कार्लोस सोलारले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७२औं मिनेटमा सोलारले ग्वेडेसको पासमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए । ८५औं मिनेटमा ग्वेडेसले ब्यक्तिगत दोस्रो गोल गर्दै भ्यालेन्सियालाई जिततर्फ अग्रसर गराए ।

दोस्रो हाफको इन्जुरी समयमा लिभान्तेका बार्धीले रोवर्टो सोडाडोको पासमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् । ५१ प्रतिशत बल पोसेसन राखेको लिभान्तेले १५ वटा पोस्ट् प्रहार गरेको थियो । १५ वटै पोस्ट् प्रहार गरेको भ्यालेन्सियाले अन्ततः रोमाञ्चक जित निकाल्यो । भ्यालेन्सियाका कार्लोस सोलर ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै १८ खेलबाट २८ अंक बनाएको भ्यालेन्सिया सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट ८ अंक बनाएको लिभान्ते तालिकाको अन्तिममा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४३ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ३७ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ । सेभियाले एक खेल कम खेलेको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स