हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर हुन्छ, ढुक्क हुनुहोस्ः अशोक राणा

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्टको मर्जर प्रक्रिया नबिथोलिएको हिमालय बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर राणाले बताएका छन् । दुबै बैंकले मर्जरमा जानका लागि तयारी गरिरहेको उनले बताए ।

बैंक मर्जरमा जाने सम्झौता भएको ७ महिना बित्दा समेत कुनै प्रक्रिया अघि बढेको छैन । यी दुई बैंकले मर्जर जानका लागि वैशाख ३० गते सम्झौता गरेका थिए ।

तर, यति लामो समयसम्म पनि यी दुई बैंक मर्जरमा जाने गरी अन्तिम तयारीमा पुगेका छैनन् । राष्ट्र बैंकको दवावपछि हिमालयन बैंक सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले मर्जर जाने निर्णय गरेसँगै मर्जर प्रक्रिया अघि बढेको हो । ‘बैठकमा चार जना सञ्चालक मर्जरको पक्षमा उभिएका थिए भने अन्य सञ्चालकले विभिन्न बखेडा झिकेर मर्जर नजाने भनेको थिए,’ हिमालयन बैंकका एक सञ्चालकले भने ।

सञ्चालकको यो भनाइले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर जानको लागि पुनः तयारी थालेपनि अहिले नै मर्जर हुन्छ नै भन्ने पक्का गर्न भने नसकिने ती सञ्चालकले बताए ।

‘विशेष गरेर हिमालयन बैंकका अध्यक्ष प्रचण्ड वहादुर श्रेष्ठले मर्जरमा गए आफ्नो प्रभुत्व घट्ने तथा सेयर हिस्सा कम हुने देखिएपछि मर्जर बिथोल्ने प्रक्रियामा लागेका हुन् । मर्जरपछि अब हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा जेठान पृथ्वीवहादुर पाँडे र सालो अशोक सम्शेर राणा प्रमुख कार्यकारी अधिकृत बन्ने छन् ।

हाल हिमालय बैंक अध्यक्ष मर्जरपछिको बैंकमा अध्यक्ष बन्न नपाउने भएपछि मर्जर प्रक्रिया भाँडन खोजिएको छ । यस अघिका अध्यक्ष कर्मचारी सञ्चयकोषका प्रशासक तुलसी प्रसाद गौतमले दुई बैंक मर्जरमा जाने सम्झौता गरेपनि अहिले अध्यक्ष श्रेष्ठले मर्जर गर्न नदिने चाल चलेका हुन् ।

सो कारण हिजो हिमालय बैंक बोर्ड बैठकले मर्जरमा जाने निर्णय गरेपनि फेरि अर्को बखेडा उनले झिकेर भाड्न खोज्छन् भन्ने कम छैनन् ।

राष्ट्र बैंकले हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई मंसिर १९ भित्रमा मर्जरमा जानका लागि पहिलो पटक म्याद थपेको थियो । उक्त समयमा पनि दुई बैंक मर्जरमा जान नसकेपछि सो समयबाट थप ४५ दिनका लागि म्याद थप गरिदिन आग्रह गरेका थिए ।

वैशाख ३० मा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक सम्झौता हुँदा १ः१ को सेयरअ अनुपातमा मर्जरमा जाने प्रारम्भिक समझदारी थियो । सम्झौतापछि नेपाल राष्ट्र बैंकले गत जेठमा नै एलओआई दिएको थियो ।

मर्जर जाने समय थप गर्दा पनि बैंकहरूले प्रक्रिया अघि नबढाएपछि राष्ट्र बैंकले मर्जर जानको लागि दवाव दिएको थियो । ती दुई बैंकले मर्जरमा जानका लागि ४५ दिन थप्न आग्रह गरेपछि राष्ट्र बैंकले उनीहरुलाई मर्जरको नाममा वर्षौ झुलाउने मात्र हो कि वास्तवमा ४५ दिन भित्र मर्जर प्रक्रिया टुंगाउने हो भनेर प्रश्न सोधेको हो ।

मर्जरमा नगद लाभांश समेत बाड्न नपाउने शर्त सहित लाभांश पारित गर्न राष्ट्र बैंकले निर्देश गरेको थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स