आइसीएफसी फाइनान्सको १४ प्रतिशत लाभांश पारित

काठमाडौं । आइसीएफसी फाइनान्सले १४ प्रतिशत प्रस्तावित लाभांश पारित गरेको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको १८औं वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।

संस्थाको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर तथा ४ प्रतिशत नगद लाभांश गरि सेयरधनीहरुले १४ प्रतिशत लाभांश पाउने भएका छन् ।

हाल एक अर्ब २ करोड रुपैयाँ रहेको संस्थाको चुक्ता यसपछि एक अर्ब १२ करोड रुपैयाँ नाघ्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स