ओरालो लाग्योे सुनको मूल्य, कति पुग्यो आज ?

काठमाडौं । शुक्रबार छापावाला सुनको मुल्य ५ सय रूपैयाँले घटेको छ ।

बिहिबार, सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आज भने ५ सय रूपैयाँले घटेर ९१ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।

साथै, बिहिबार चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले बढेर १२ सय ८५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स