काडिजसँग बराबरीमा रोकियो रियल

एजेन्सी । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड रेलिगेसनको मारमा रहेको काडिजसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले काडिजसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

कोरोना संक्रमणका कारण रियल रोजाईका ६ जना खेलाडीविनै खेलेको थियो । लुका मोड्रिच, रोड्रिगो, मार्काे असेन्सियो, मार्सेलो, आन्द्रेय लुनिन र ग्यारेथ बेल काडिजविरुद्धको खेलमा अनुपस्थित थिए ।

खेलभर काडिजमाथि दबाब जमाएको रियलले तीन दर्जन पोस्ट् प्रहार गरेको थियो । ८२ प्रतिशत बल पोसेसन राखेको रियलले गोल गर्न भने सकेन । रक्षात्मक खेल खेलेको काडिज आफ्नो रणनितिमा सफल भयो । काडिजका रक्षक कार्लोस अकापो ‘म्यान अफ दी म्याच’ भए ।

बराबरीसँगै शीर्षस्थानमा रहेको रियलले १८ खेलबाट ४३ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सेभियाको ३७ अंक छ । सेभियाले एक खेल कम खेलेको छ । रियललाई रोकेको काडिज १४ अंक सहित १९औं स्थानमा छ ।

आइतबार रातिनै भएको अन्य खेलमा एथलेटिक बिल्बाओले तेस्रो स्थानमा रहेको रियल बेटिसलाई ३–२ गोलले स्तब्ध बनायो । जितसँगै बिल्बाओ नवौं स्थानमा उक्लिएको छ । बिल्बाओले १८ खेलबाट २४ अंक बनाएको छ । ३३ अंक बनाएको रियल बेटिस तेस्रो स्थानमा यथावत छ । अर्को खेलमा ग्रानाडाले मालोर्कालाई ४–१ र गेटाफेले ओसासुनालाई १–० गोलले पराजित गरेको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स