हालसम्म १० फाइनान्सको लाभांश घोषणा, ४६ प्रतिशतसहित मन्जुश्री फाइनान्स अग्र, अन्यको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । केही कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरिसकेका छन् भने केहीले घोषणा गरेका छन् । केही कम्पनी अझै लाभांश घोषणाको क्रममा छन् ।

नेप्सेमा १५ वटा फाइनान्स कम्पनीहरु सूचीकृत छन् । हालसम्म १० फाइनान्स कम्पनीहरुले लाभांश घोषणा गरेको छ ।

लाभांश घोषणा गरेका फाइनान्स कम्पनीहरुमध्ये हालसम्म मञ्जुश्री फाइनान्सकसो लाभांश उच्च देखिएको छ । फाइनान्सले आफ्ना सेयरधनीहरुलाई ४६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद सेयर रहेको छ ।

१४ प्रतिशत लाभांश सहित आइसिएफसि फाइनान्स दोस्रो स्थानमा छ । आइसिएफसिले आफ्ना सेयरधनीहरलई १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

फाइनान्स कम्पनीहरुको लाभांश

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स