एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको लाभांश घोषणा, सेयरधनीलाई खुशी पार्न सकेन

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल काायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले थोरै लाभांश वितरण गर्ने घोषणा गरेकोले सेयरधनी त्यति खुशी हुने देखिदैन ।

पुस २ गते, बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा डाकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।

यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनुका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स