सञ्चालन आम्दानी घट्दा निफ्राको खुद नाफा घट्यो, ईपीएसमा हक्का

काठमाडौं । धितोपत्र बजारमा हालसम्मकै ठूलो आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ‘निफ्रा’ को नाफा घटेको छ । बैंकको गैर सञ्चालन आम्दानी घट्दा खुद नाफा घट्न पुगेको हो ।

अघिल्लो आर्थिक वर्षमा ८४ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको निफ्राले गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ८३ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षमा निफ्राले कमाएको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १.२६ प्रतिशत कम हो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेपनि गैर सञ्चालन आम्दानी घटेका कारण खुद नाफा घटेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.३६ प्रतिशत बढेको छ । सो अवधिमा सञ्चालन मुनाफा ७.९२ प्रतिशत बढेको छ ।

बैंकको गैर सञ्चालन आम्दानी भने १० करोड ८५ लाख रुपैयाँबाट घटेर ७४ लाखमा सीमित भएको छ । खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ८८ पैसा घटेर ४ रुपैयाँ १८ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११७.७० गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६६.६७ प्रतिशत र जगेडा कोष ४९.८५ प्रतिशत बढेको छ । बैंकको निक्षेप २०.६५ प्रतिशत र कर्जा २९५.७७ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स