वायुसेवा सञ्चालक संघको २१ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन) को २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा वायुसेवा कम्पनीको अध्यक्ष, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत, कार्यकारी प्रमुख तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

वार्षिक साधारणसभामा महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन पेश गरिएको थियो । संघले उक्त वार्षिक साधारणसभा मार्फत् आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

संघले सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाली हवाई उद्योगमा चिर परिचित उड्डयन व्यवसायी नवनियुक्त अध्यक्ष क्याप्टेन थापाले संघको उक्त साधारणसभालाई सम्बोधन गर्दे उक्त क्रममा आफ्नो कार्यकालमा वायुसेवाको सुरक्षास्तरलाई उचाइमा पुर्याउने र

नेपाली वायुसेवाको सूरक्षा सूदृकरणलाई बढीभन्दा बढी विश्वासिलो बनाउँदै जाने र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग हातेमालो गर्दै नेपाली हवाई उद्योगमा हाल कायम गरेका विभिन्न समस्याहरुलाई निराकरण गर्ने बताए ।

साथै हवाई सञ्चालन उद्योग कोभिड महामारीको चपेटामा परी उठ्न नसक्ने गरी अप्ठेरोमा परेको र विगत १ वर्षदेखि लगातार हवाई इन्धनमा भएको बढोत्तरीले झनै कठिनाई थपिदै गएको बताए ।

हाल अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन बन्द भई उड्डयन क्षेत्र शिथिल भई रहेको अवस्थामा पुनः ओमनीक्रोन भाइरसको प्रभावमा परि अझै अप्ठेरा दिन आउने सक्ने उनले बताए ।

विमानस्थलहरुमा चराचुरुङी एवं जनावरहरुको उपस्थितिले हवाई सुरक्षाका चुनौती बढेको छ । यसले विमानहरु भूमिस्थ भई रहेका छन् । यसरी विमान भूमिस्थ हुँदा अपरेशन आम्दानी पनि घटी रहेको छ । त्यसकारण हवाई सुरक्षका यी विषयमा सरकार एवम् नेपाल नागरिक उड्डयन प्राधिकरणले समस्या न्यूनीकरणतर्फ ध्यानदिनु पर्ने थापाले बताए ।

क्याप्टेन थापा नेपाली हवाई क्षेत्रमा विगत २ दशकदेखि हेलिकप्टर कम्पनी सञ्चालन गर्दै आइरहेका छन् । उनी सन् २००२ देखि हेलिकप्टर प्रशिक्षक पाइलटका रुपमा क्रियाशिल छन् । उनी यस अघि ३ कार्यकाल संघको अध्यक्ष भइ सकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स