नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले लाभांश घोषणा गरेको छ। हाइड्रोको पुस १ गते (बिहीबार) बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

हाइड्रोले चुक्ता पुँजीको ७.३६८४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जसमा चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने २ करोड ९ लाख ३० हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ११ लाख १ हजार ५ सय ७८ रुपैयाँ ९५ पैसा बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले पुस २८ गतेको लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको अल्गी पुस १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स