पोखरा फाइनान्सको लाभांश घोषणा

काठमाडौं । पोखरा फाइनान्सले ८.५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ०.४२५ प्रतिशत नगद लाभांश गरि कुल ८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी २५ औं वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स