कृषि विकास बैंकको लाभांश पारित, बोनस र नगद कति ?

काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको सञ्चालक समितिको ९३७ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र वैकको स्वकृती प्राप्त भए पश्चात आर्थिक वर्ष २०७७/०७८ को वार्षिक साधारण सभाबाट अनुमोदन गराइ बैंकको आर्थिक वर्ष २०७७/०७८ मा कायम रहेको साधारण चुक्ता पुाजीको २० प्रतिशतले बोनस लाभांश र बोनस लाभांशमा लाग्ने कर १.०५२६ प्रतिशतले हुने नगद लाभांश प्रदान गर्ने छ ।

नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स