विजय लघुवित्तले लाभांश पारित गर्न डाक्यो साधारणसभा, के के छन् एजेण्डा ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई २१.०९ प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तले गएको आवको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पुँजीको २०.०३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १२ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।् ।

सोही प्रस्ताव पारित गर्न लघुवित्तले पुस २४ गते, शनिबार गैडाकोट रिसोर्ट, गैडाकोट, नवलपरासीमा ९ औं वार्षिक साधारण सभा डाकेको छ ।

सो सभाले अन्य वित्तीय संस्थालाई प्राप्त गर्ने वा मर्जर गर्ने सम्बन्धी कार्य गर्न खुला राख्ने छ भने प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखिएको छ ।

लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ सञ्चालकको निर्वाचन गर्ने प्रस्तावहरु पारित गर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स