जुम्लाको तिलामा नबिल बैंकको उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धी तालिम

काठमाडौं । नबिल बैंकले उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धि ६ दिने तालिम सम्पन्न गरेको छ ।
जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्देश्यका साथ सो तालिम आयोजना गरेको हो । यस तालिम कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।

नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले उपस्थित युवा र महिलाहरुलाई आफ्नो क्षमतालाई कम आाकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिए । नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौको कारोबार गरिरहेको उदाहरण दिदै ठूलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न उनले आग्रह गरे । ‘उद्यमशिलता विकास र स्वरोजगार प्रवद्र्धनमा नबिल बैंंकको सधै साथ रहन्छ,’ उनले भने ।

उक्त कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरूको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समृद्ध समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।

तालिम कार्यक्रममा जुम्लाबासीको सक्रिय सहभागी मात्र नभइ आफ्ना वित्तीय आवश्यकताका बारेमा पनि खुलेर चर्चा गरेका थिए ।

‘कार्यक्रममा सहभागी हुन टाढाटाढाबाट कोही लौरो टेकेर त कोही बच्चा च्यापेरसमेत आएको देख्दा उत्साहित हामी अझ उत्साहित भएका छौं,’ उनले भने ‘स्याउ, ओखर, मार्सी चामल, आरु, आलु, सिमी खेती हुने भएकोल स्थानीयले ऋण सुविधा मागेको छन् ।’

भेडाबाख्रा पालन त्यहाँका बासिन्दाको मूख्य व्यवसाय हुन सक्ने उनलेब बताए । दिगो बैंकिङ प्रबर्द्धन गरिरहेका कारण नबिल बैंकले स्थानीयलाई आर्थिक तथा वित्तीय सहयोग गर्ने उनल भनाइ राखे ।

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा पूर्व मन्त्री बलवहादुर महतको समेत उपस्थिति थियो ।

तिला गाउँपालिकाले युवा उद्यमका लागि आव्हान गरेको सुचना बमोजिम दरखास्त दिई छनोट भएका युवाहरुलाई यहि मंसिर २० देखि २७ सम्म सञ्चालित ७ दिने तालिम प्रदान गरिएको थियो । तालिममा ६ सय ३२ जनाले आवेदन दिएका थिए । १९४ परिवारका सदस्यहरु सहभागी भएको उक्त तालिम÷कार्यक्रममा महिलाको संख्या आधाभन्दा बढि रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स