एनसेलले ल्यायो साना तथा मझौला व्यवसायीका लागि ‘बिजलाइट’ योजना, ३० पैसामा प्रतिमिनेट कुरा गर्न पाइने

काठमाडौं । एनसेल आजियाटाले साना तथा मझौला व्यवसायी र कार्यालयहरूका लागि एनसेल बिजलाइट योजना सार्वजनिक गरेको छ । साना तथा मझौला व्यवसायी र स–साना कार्यालयहरूलाई केन्द्रमा राखेर एनसेलले यो योजना ल्याएको हो ।

‘बिजनेस सधैँ अन’ थिम अन्तर्गत शुक्रबारदेखि यो योजना लागू हुने एनसेलले जानकारी दिएको छ । योजना अनुसार मासिक रुपमा कुनै निश्चित रकम तिर्नु नपर्ने गरी सहजै प्रिपेड सेवा लिन सकिन्छ ।

योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा लिन सकिने बताइएको छ । ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि रहेका छ । उक्त योजनामा समय सीमा नरहने जारी विज्ञप्तीमा उल्लेख छ ।

यस योजना अनुसार प्रिपेड सेवामा जस्तै गरि यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समूह अर्थात कार्यालयका साथीहरूसँग करसहित जम्मा ३० पैसा प्रति मिनेटका दरमा कुरा गर्न मिल्ने बताइएको छ ।

यसैगरी पेजी अन नेट र अफ नेट कल सेवा पनि करसहित १.३० रुपैयाँ प्रति मिनेटमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार पेजी डेटा सेवा १.३० रुपैयाँ प्रति एमबी र पेजी एसएमएस सेवा पनि प्रति एसएसएस १.३० रुपैयाँमा पाइने छ ।

आम ग्राहकले एकपटक करसहित एकसय ५० रुपैयाँमा बिजलाइट प्रिपेड प्लान लिन सक्ने छन् । प्लान सुचारु भए पछि ग्राहकले ३५ रुपैयाँ मेन ब्यालेन्ससहित ७ दिनको समयसीमा रहेको ५०० एमबी डेटा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यसको साथै ३० दिनसम्म जम्मा दुई सय रुपैयाँको रिचार्ज गरेमा ग्राहकले ७ दिनको समयसीमा रहेको १ जीबी डेटा पनि पाउनेछन् ।

यस प्लानमा रहेका अन्य सुविधा अन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार विभिन्न एड अन प्याकहरु पनि खरिद गर्न सक्छन् । ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ् प्याक अन्तर्गत २ जीबी, ४ जीबी, ६ जीबी डेटा प्याक, वानटाइम ३ जीबी, ५ जीबी प्याक र कम्बो प्याकहरु खरिद गर्न सक्छन् ।

कम्बो प्याक अन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङ् सहितको दुई सय रुपैयाँको कम्बो सिल्भर, तीनसय रुपैयाँको कम्बो गोल्ड वा तीनसय ५० रुपैयाँको को कम्बो प्लाटिनम प्याक पनि लिन सक्ने एनसेलले जनाएको छ।

बिजलाइट योजनाले साना तथा मझौला व्यवसायहरु र स–साना कार्यलयहरुलाई आधुनिक व्यवसायका लागि आवश्यक सञ्चार सुविधाहरु प्रदान गदै उनीहरुका बिजनेस कम्युनिकेसनलाई अभिवृद्घि गर्न मद्दत गर्ने एनसेलले जनाएको छ ।
कुनै पनि व्यवसाय वा कुनै पनि संस्थासँग आवद्घ व्यक्तिहरुले कम्तिमा २ सिमकार्ड लिएपछि मात्र यो योजनामा सहभागी हुन सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स