पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारीमा आयल निगम

काठमाडौं । नेपाल आयात निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । भारतीय आयल निगमले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची मूल्य घटेकाले आयात निगमले मूल्य घटाउने तयारी गरेको हो ।

भारतीय आयात निगमले हरेक अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा नेपाललाई पेट्रोलियम पर्दाथको नयाँ मूल्य सूची पठाउने गरेको छ । भारतीय आयल निगमले डिसेम्बर १५ तारिखमा नेपाललाई पठाएको नयाँ मूल्य सूचीमा पुरानो मूल्यको तुलनामा मूल्य घटेकाले आयल निगमले पनि मूल्य घटाउने तयारी गरेको निगमका एक अधिकारीले हाम्रोअर्थलाई जानकारी दिए ।

नयाँ मूल्यसूची भोलि (शुक्रबार) सार्वजनिक गरिने आयात निगमले तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पर्दाथको मूल्य घटेकाले भारतले पनि सोही अनुरुप मूल्य घटाएर आयल निगमलाई पठाएको छ ।

नेपाल आयल निगमले पछिल्लो पटक २०७८ कात्तिक २४ को राति १२ वजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलरमट्टितेलको साविकको विकि मूल्यमा ३ रुपैयाँले वृद्धि गरी काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य प्रति लिटर क्रमशः १३६ रुपैयाँ र ११९ रुपैयाँ तथा आन्तरिक एवं बाह्य हवाई ईन्धनमा ५ रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर १०१ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अमेरिकी डलर ८९५ प्रति किलो लिटर र एलपी ग्यासमा ७५ रुपैयाँ वृद्धि गरी काठमाडौंको लागि नयाँ खुद्रा विक्री मूल्य १५७५ रुपैयाँ प्रति सिलिण्डर कायम गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स