हिमालयन बैंकद्वारा शिव नमुना माविका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं । हिमालयन बैंकले शिव नमुना माविमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई मासिक छात्रवृत्ति प्रदान गरेको छ । बैंकको कावासोती शाखाले उक्त विद्यालयका विद्यार्थीलाई मासिक छात्रवृत्तिका साथै स्टेशनरी प्रदान गरेको छ ।

बैंकले उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क. तथा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामान प्रदान गरेको हो ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा पुस १ गते आयोजित एक समारोहकाबीच बैंकका कावासोती शाखाका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त छात्रवृत्ति तथा स्टेशनरी सम्बन्धित विद्यार्थीहरुलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स