बढ्दै काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जना संक्रमित थपिएको हो ।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार ६८ तथा देशभर ३४ हजार ४२२ पुगेको छ ।

देशभर थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स