सेन्ट्रल फाइनान्सको लाभांश घोषणा

काठमाडौं । सेन्ट्रल फाइनान्सले लाभांश घोषणा गरेको छ। फाइनान्सको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

फाइनान्सले ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा हाल कायम चुक्ता पुंजीको ७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ३.३ प्रतिशत नगद लाभांश छ ।कम्पनीले हाल कायम चुक्ता पुँजी ८८,१०,३५,७०९.१३ को ७.७ प्रतिशतले हुने ६,७८,३९,७४९.५९ बोनश सेयर तथा ३.३ प्रतिशतले हुने २,९०,७४,१७८.४० नगद लाभांश सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको हो ।

फाइनान्सको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति रकम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स