राष्ट्र बैंकमा प्रवक्ता परिवर्तन, ९ महिनामा पुनः फर्किए भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट नियुक्त भएका छन् । वाणिज्य बैंक सुपरिवेक्षणका कार्यकारी निर्देशक भट्टलाई पुस १ गतेदेखि राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो ।

गत चैत १० गतेदेखि नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनलाई अन्य कामको जिम्मेवारी थप भएपछि प्रवक्ताको जिम्मेवारी भट्टलाई सुम्पिएको राष्ट्र बैंकले बताएको छ ।

‘नियमन विभाग यसैपनि धेरै जिम्मेवारी र काम बढी हुने विभाग हो, त्यसमा राष्ट्र बैंकको व्यवस्थापन हेर्ने जिम्मेवारी समेत थपिएपछि ढकाललाई गाह्रो हुने हुने देखेर प्रवक्ता परिवर्तन गरिएको हो ।

राष्ट्र बैंक व्यवस्थापन विभागको जिम्मेवारी भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले सम्हाल्दै आएका थिए । कँडेल ३० वर्षे अवकाश नीतिका कारण मंसिर ८ गतेदेखि बिदामा बसेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स