अब वल्र्डलिंकको इन्टरनेट ६०० एमबीपीएस गतिमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । उपभोक्तालई सुलभ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याएको वल्र्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुनेछ ।

योसँगै वल्र्डलिंकको इन्टरनेटको स्पिड अब कम्पितमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्इमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन् ।

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४०० रुपैयाँ अर्थात् मासिक १ हजार २०० रुपैयाँमा १५० एमबीपीए गतिको इन्टरनेट उपयोग गर्न पाउने छन् । १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमवीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।

‘वल्र्डलिंक सधैं उपभोक्तालाई सस्तो मूलयमा गुणस्तरीइ इन्टरनेट सेवा दिन तलिल्न छ । नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप हामीले नयाँ योजना सार्वैजनिक गरेका हौं,’ वल्र्डलिंकका निर्देशक मनोज अग्रवालले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स