नेप्सेमा सामान्य करेक्सन, साढे ४ अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा करेक्सन देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा पुगेको छ । मंगलबार १३७.१८ अंकले नेप्से बढेको थियो ।

आज नेप्सेमा २२८ कम्पनीका सेयर ७१ हजार २२९ पटक कारोबार भएको छ । ९८ लाख ७९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा सामान्य गिरावट देखिँदा सामलिङ पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स