५८ बुँदे सुझाव तत्काल कार्यान्वयन गर्ने माग राख्दै लगानीकर्ताहरू पुगे अर्थमन्त्री भेट्न

काठमाडौं । पुँजी बजार सुदृढीकरण बृहत कार्यदलले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर ५८ बुँदे सुझाव कार्यान्वयन गर्न आग्रह गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले तत्कालिन डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको समितिले दिएको सुझाव कार्यान्वय गर्न अनुरोध गरेका हुन् ।

लगानीकर्ताहरूले पुँजीबजारको विकास र विस्तारको लागि अर्थ मन्त्रालयले ३ वर्ष अघि नै गरिसक्ने भनेको ५८ बुँदेको कार्यतालिका सहितका बाँकी कामहरु तत्काल गर्नु पर्ने माग राखेका हुन् ।

कार्यदलका संयोजक अम्बिका प्रसाद पौडेलले मन्त्री शर्मासँग अर्थ मन्त्रालयमा भेट गरि पुँजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जाका साथै धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ती छिटो गर्न माग गरेका हुन् ।

मंगलबार भएको भेटमा अर्थमन्त्री शर्माले जतिसक्दो चाँडो कार्यदलले बुझाएको प्रतिवेदनको बाँकी बुँदा कार्यान्वयन लैजाने प्रतिवद्धता गरे ।

सो भेटमा अर्थमन्त्री शर्माले आफू पुँजीबजारको दिगो विकास र बिस्तारको लागि लागिरहेको पनि जानकारी दिए ।
कार्यदलले सेयर दलाल मार्फत मार्जिन ट्रेडिङ कर्जा पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म सेयर धितो कर्जामा लगाइएको सीमा पूर्ण रुपमा हटाउनु पर्ने माग अर्थमन्त्री समक्ष राखेका छन् ।

साथै, लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेप्सेको प्रमुखहरूको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गरिनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स