नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा महजोडी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नियुक्त गरिएको छ । मंगलबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरेका छन् ।

कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरुको सहभागीता रहेको सो कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत मन्तव्य राखेकी थिईन् ।

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको ‘ब्राण्ड एम्बेसडर’ हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताए ।

उक्त सम्झौतापछि ब्राण्ड एम्बेसडरले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्नेछन् । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स