धितोपत्र अध्यक्ष छनोटमा विज्ञ सदस्य परिवर्तन

काठमाडौ । धितोपत्र बोडको अध्यक्ष छनोटका लागि नयाँ समिति गठन भएको छ । मन्त्री परिषदको निणय बमोजिम अर्थ मन्त्रालयले पत्र नयाँ समिति गठन प्रक्रिया अघि बढाएको हो । ।

छनोट समितिको विज्ञ सदस्यमा डा. जीवनाथ धिताल रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । यस अघि गठन गरिएको समितिमा प्राडा. नारायण प्रसाद पौडेल थिए । समितिको वैधानिकता माथि कानुनी प्रश्न उठेपछि कानुन अनुसार मन्त्री परिषदले नयाँ छनोट समिति गठन गरेको हो ।

सेबान अध्यक्ष छनोट समितिमा संयोजकमा आयोग उपाध्यक्ष पौडेल, अर्थ सचिव मधु मरासीनी र प्राडा नारायणप्रसाद पौडेलको स्थानमा धिताल रहने छन् ।

समिति गठन भएको १५ दिनभित्र प्राप्त आवेदनमध्येबाट प्रारम्भिक छनोट गरेर अन्तरवार्ता मार्फत ३ जनाको नाम अध्यक्ष नियुक्तिमा सिफारिस गरिसक्नु पर्ने भएपनि अझैसम्म सटलिष्ट हुन सकेको छैन । अहिले आएर सरकारले छनोट समितिको विज्ञ सदस्य नै परिवर्तन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स