दक्षिण कोरियाको दक्षिणी टापुमा ४.९ म्याग्निच्युडको भूकम्प

एजेन्सी । दक्षिण कोरियाको दक्षिणी टापु जेजुमा मंगलबार दिउँसो ४.९ म्याग्नीच्युडको भूकम्प गएकामा अहिलेसम्म कुनै क्षति नभएको एसियाली देशको मौसम विभागले जनाएको छ।
साँझ ५ बजेर १९ मिनेटमा भूकम्प गएको थियो । स्थानीय समय (0819 GMT) कोरिया मौसम प्रशासन (KMA) को अनुसार जेजु टापुको सिइओग्विपो शहरको जलक्षेत्रमा उक्त भूकम्प गएको हो ।

भूकम्पको केन्द्र ३३.०९ डिग्री उत्तरी अक्षांश र १२६.१६ डिग्री पूर्वी देशान्तरमा रिपोर्ट गरिएको थियो । जसको गहिराई समुद्रको तल १७ किलोमिटर थियो। सुनामीको चेतावनी भने जारी गरिएको छैन। यद्यपि कमजोर माटो भएका क्षेत्रमा क्षति हुन सक्ने केएमएले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स