४३ कम्पनीको सेयरमूल्य १० प्रतिशतभन्दा बढीले बढ्यो, नबिल बैंकको कारोबार सबैभन्दा बढी

केहि साताअघिदेखि उच्चदरले घटेको नेप्से परिसूचक मंगलबार एकाएक उकालो लागेको छ । लगातार घटेको नेप्से परिसूचक बुधबार एकैदिन १३७ अंकले बढेर बन्द भएको छ । केही दिनयता करिब ३ सय अंकले नेप्सेपरिसूचक घटेको थियो । मंगलबार कारोबार भएका सबै १८८ कम्पनीको सेयर मूल्य बढेको छ ।

मंगलबार ४३ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दा नेप्से सूचक ६ प्रतिशतभन्दा धेरैले बढेको छ । यस दिन कारोबार खुलेदेखि नै बढ्न थालेको नेप्से सूचक लगातार बढ्दा ६ प्रतिशतको सर्किट लागेर बन्द भएको हो ।

मंगलबार कारोबार सुरु भएको करिब डेढ घण्टामा नै नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सेयर कारोबार बन्द भएको थियो । सो पश्चात पनि नेप्से सूचक लगातार बढेर ६ प्रतिशत पुगेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कुनै पनि कारोबार दिनमा कारोबार शुरु भएको पहिलो १ घण्टाभित्र (११ देखि १२ बजेको बीचमा) नेप्से इण्डेक्स ५ प्रतिशतले बढ्यो वा घट्यो भने सर्किट लगाइ ४० मिनेटका कारोबार रोक्ने गर्दछ ।

यसअघि १२ः ३८ बजे ५ प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लागेको थियो । ४० मिनेटसम्म स्थगित भएर खुलेको केही बेरमै बजार अघिल्लो दिनको तुलनामा ६ प्रतिशतले बढेको हो ।

दिनभर ६ प्रतिशतसम्म नेप्से बढ्न वा घट्न सक्नेगरी सर्किट ब्रेकरको सीमा तोकिएको छ । जसमा कारोबार खुलेको पहिलो घण्टाभित्र ४ र दोस्रो घण्टाभित्र ५ प्रतिशतसम्मको सर्किट ब्रेकर सीमा छ ।

यसैगरि बजार खुलेको दोस्रो घण्टाभित्र (१२ देखि १ बजेको बीचमा) नेप्से परिसूचक ६ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः सर्किट लगाइ ४० मिनेटका लागि कारोबार रोकिन्छ ।

यस्तै दोस्रो सर्किटपछि पनि वृद्धि अथवा गिरावटको क्रम निरन्तर रह्यो र बजार थप १ प्रतिशतले घटी वा बढी ६ प्रतिशत वा ४ प्रतिशत पुग्यो भने सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

सेयर बजार आउने तीव्र उतार चढावबाट लगानीकर्तालाई धेरै असर नपुगोस् भन्नका लागि निश्चित प्रतिशतको घटबढमा कारोबार स्थगन गर्ने गर्ने प्रक्रिया छ । विश्वव्यापी रुपमा यस्तो कानुनी व्यवस्था गरिएको हुन्छ । जसलाई हामी छोटो शब्दमा सर्किट ब्रेक भनेर भन्ने गर्दछौं । यो सकारात्मक र नकारात्मक दुबै हुने गर्दछ ।

यस दिन नेप्से सूचक १३७.१८ अंकले बढेर २४१८.८४ विन्दुमा पुगेको छ । सेन्सेटिभ सूचक पनि २२.७२ अंक बढेर ४६०.३० विन्दुमा पुगेको छ ।

यस दिन कारोबार भने न्यून छ । समयभन्दा अगाडि नै नेप्से सूचक बन्द भएपछि कारोबार रकम न्यून भएको हो । यस दिन २२० वटा कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता सेयर १ अर्ब ८४ लाख २६ करोड ४७ हजार १४४ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस दिन विकास बैंक, फाइनान्स, व्यापार, उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ । कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक हुँदा यी ३ उपसमूहको सूचक ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन कारोबारमा आएका सबै कम्पनीको सेयरमूल्य बढेको छ । जसमा ४३ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सेयरमूल्य बढेका कम्पनीमध्ये २७ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

मंगलबार नबिल बैंकको सबैभन्दा धेरै ९ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ७ करोड ९ लाख, आईसीएफसी फाइनान्सको ५ करोड ६ लाख, अपि पावरको ४ करोड ६० लाख रुपैयाँ र अरुण कावेली पावरको ४ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स