सेयर बजारमा सकारात्मक सर्किट लागेसँगै मंगलबार कारोबार बन्द

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा सकारात्मक सर्किट लागेर बन्द भएको छ । मंगलबार सुरुवातबाटै हरियाली छाएको सेयर बजारमा दिउँसो १२ बजेर ३८ मिनेटमा कारोबार रोकिएर एक बजेर १८ मिनेटमा खुलेको नेप्से अर्को ८ मिनेटमा नै अर्को १ प्रतिशत वृद्धि भएर ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको छ । आज नेप्से १३७.१८ अंकले बढेर २४१८.८५ अंकमा बन्द भएको छ ।

कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्सेमा चार प्रतिशतको घटबढ हुँदा २० मिनेट, दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटबढ भएमा ४० मिनेट र ६ प्रतिशतले घटबढ हुँदा उक्त दिनको लागि कारोबार बन्द हुन्छ । नेप्से ६ प्रतिशतले बढेसँगै आजको लागि कारोबार बन्द भएको छ ।

शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारलाई साम्राज्यवादको विकसित रूप भएको टिप्पणीपछि आइतबार र सोमबार उच्च गिरावट भएको बजारमा आज भने ‘बाउन्स ब्याक’ हुँदै सकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा आज कारोबार बन्द हुँदा एक अर्ब ८४ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स