४८ वर्षअघि प्रवेशिका परीक्षा उत्र्तीण गरेका बैकर उपेन्द्र पौड्याल ६ कक्षामा मात्रै विद्यालय गएका थिए । त्यसअघि उनको शिक्षा भनेको गुरुकुलको जस्तो मामा घरमै भयो । मामाघरको हजुरबुबाले गाउँ घरका सबैलाई धर्मशास्त्रका साथै गणित र अंग्रेजी दुबै विषय पढाउनु हुन्थ्यो। उनले पनि हजुरबुबासँग गाउँका अन्य विद्यार्थी जसरी नै पढे ।

काठमाडौंको गौशला जन्मिएका पौड्याललाई आमाले सानै उमेर(१७ वर्ष) मा पाउनु भएकाले सम्हाल्न नसकेर मामाघर राखिएको थियो । घरमा हजुरआमा नभएका कारण बाल्यकाल उनको धर्मस्थली मामाघर मै बित्यो त्यहाँ कै ग्रामसेवामा कक्षा ६ मा भर्ना भएपछि उपेन्द्र पहिलो वर्ष चौथो, ७ मा दोस्रो र ८ मा प्रथम भए । मामाहरूलाई यहाँको अध्ययनले पुग्दैन जस्तो लागेर लैनचौरको शान्ति निकेतनमा भर्ना गरिदिनु भयो । एसएलसी त्यहिबाट दिए ।

२०३० सालको एसएलसी । अमृत साइन्स क्याम्पसमा भर्ना हुन नपाएपछि उनले आईकम सरस्वती क्याम्पसमा पढे । साइन्स पढाउने अन्य क्याम्पसमा उनलाई भर्ना हुन मन लागेन । सबैको इच्छा, डाक्टर पढ्नु पर्छ भन्ने थियो । ‘त्यति बेला महाराज शिक्षण अस्पतालमा सिट पाइन, सायद बेस नपुरेर होला,’ उनले भने ‘त्यति बेला काठमाडौंका लागि ८ सिटमात्रै थियो । ब्याच्लर शंखरदेव, मास्टर त्रिभुवन विश्वविद्यालयबाट गरे ।’ यो मैले पनि त्यहि भरे । सरस्वती क्याम्पसमा पढियो । ब्याच्लर शंखरदेव, मास्टर त्रिभुवन विश्वविद्यालयबाट गरे ।’

२०३६ सालमा पहिलो सेमेस्टरमा राष्ट्रिय विकास सेवाअन्तर्गत गाउँमा १० महिना गएर अध्यापन गराउन जानुपर्ने हुन्थ्यो ।नवलपरासीको डण्डामा उनी पढाउनको लागि गए । उनीसँग एक जना साथी पनि थिए । त्यहाँको विद्यालयमा पौड्यालले म्यानेजमेट र साथीले नेपाली पढाए । विद्यार्थीहरू गणित र अंग्रेजी पढ्न उनीसँग आउथे ।

त्यति बेला स्कुलमा अध्यापन गराउनुका साथै सामाजिक कार्य पनि गर्नु पर्थ्यो । विद्यालयमा थिएन, शौचालय भनेको खुला मैदान थियो । शौचालय बनाउन सिकेर गएकाले उनको टिमले २, ४ ठाउँमा शौचालय पनि बनायो ।

त्यहाँका मानिसहरू समय मिल्यो कि रक्सी खाएर बस्थे । उनलाई त्यो देखेर नराम्रो लाग्थ्यो । घर फर्किने दिन आयो । स्कुलको व्यवस्थापन समितिको अध्यक्ष थारु समुदायको हुनु हुन्थ्यो । उहाँले बिदाइको कार्यक्रम जस्तो राखेर दुबै जनालाई घरमा खाना खान बोलाउनु भयो ।

आज जसरी पनि रक्सी खानु पर्छ भनेर अध्यक्षले अडान लिएका कारण पौड्यालले पनि अलिकति पिए । तितो तितो लाग्यो । अलिकति लागि सकेपछि खाएको मतलब हुँदैन रहेछ । त्यो दिन नराम्रोसँग भमिट भयो । त्यहि सुतेका उपेन्द्र भोलिपल्ट बिहान विरामी जस्तो भए । उनलाई केही गर्न मन लागेन । कहिले रक्सी नखाएको मान्छे । के खायो जस्तो भयो, उनले सम्झिए ।

‘शिव रात्रीको दिन जोगीको कुटीमा साथीहरुले लग्नु भयो । त्यहाँ घोटुवा बनाइएको रहेछ मैले पनि खाए । त्यो खाएपछि मलाई घुमायो । अमिलो खानु पर्छ भन्ने थियो । पढ्न आएका बच्चाहरुसँग उनले अमिलो मगाएर खाए । म भन्दा धेरै खानु भएका साथीहरु मस्तले गफ गरेर बस्नु भएको छ । म भने ढले,’ उनले भने ।

डण्डाले जीवनमा ल्याएको परिवर्तन

डण्डामा गएर आएपछि उनको जीवनमा धेरै परिवर्तनहरु आयो । उनले गाउँ देखे, त्यहाँको राजनीतिक माहोल देखे । त्यसअघि गाउँले जीवनलाई उनले त्यसरी बुझ्न पाएका थिएनन् । गाउँमा अनेक घट्ना परिघटनाहरू हुँदो रहेछ । पूर्वाधारको त त्यतिबेला सम्झिन लायकको केही थिएन ।

उनी डण्डामा पढाउन गएका बेला एक जना कलाकार ९ कक्षामा पढ्थिन् । उनको बिहे आफ्नो उमेरभन्दा बढी उमेर भएको एउटा लाउरेसँग हुन लागेको थियो । उनी आफ्नै कोठामा थिए, गाउँका मान्छेहरूले बोलाउन आए ।

गाउँमा पढाउन पठाउँदा सरकारले प्राथमिक उपचार किट पनि दिएको हुन्थ्यो । उनीहरूले डक्टर जस्तै भएर प्राथमिक उपचार गर्थे। त्यहाँ अपचार हुन नसक्ने देखेपछि उनलाई बुटवलको अस्पताल लगियो । उनी बाँचेर आइन ।

उनले विष खाएकी रहिछिन् । जतिसक्दो पानी खुवाएर बान्ता गराएर औषधि पनि दिए । गाउँमा पढाउन पठाउँदा सरकारले प्राथमिक उपचार किट पनि दिएको हुन्थ्यो । उनीहरूले डक्टर जस्तै भएर प्राथमिक उपचार गर्थे । त्यहाँ अपचार हुन नसक्ने देखेपछि उनलाई बुटवलको अस्पताल लगियो । उनी बाँचेर आइन । पछि बुझ्दा ती महिला नेपालको कलाकार हुनु भएको रहेछ । टीभीमा देखिनु हुन्थ्यो ।

स्कूलको हेड सर कांग्रेस पार्टीको हुनु हुन्थ्यो । राजनीतिक रुपमा उहाँहरु सक्रिय थिए । तरुण भन्ने पत्रिका पाइन्थ्यो । त्यो पढेको देखियो भने झुण्डाइन्थ्यो । उहाँहरु पनि पढ्नु हुन्थ्यो म पनि लुकी लुकी पढ्थे । यद्यपि पौड्यालमा राजनीतिक आस्ता भने थिएन ।

१६५ रुपैयाँमा महिनाभरि खाना

एक सय ६५ रुपैयाँमा महिनाभरी बिहान बेलुका खाना खान पाइन्थ्यो । ‘म, मसँगै जानु भएको साथी र स्कूलको हेडसर यसरी नै महिना भरि ठेक्कामा खाना खान्थ्यौ,’ उनले भने । खाना खाने घरको मान्छेले कुरै कुरामा मेरो एकदम मिल्ने साथी हरायो भने ‘उहाँलाई भेट्न पाए हुन्थ्यो भन्नु भयो, बनारसमासँंगै पढेको । किताब पढ्न उहाँहरूबीच प्रतिस्पर्धा हुन्थ्यो रे ।

उहाँका अनुसार उहाँको साथीको दिमाग एकदमै तेजिलो । कुनै कितावको नाम लियो भने त्यो सबै किताब उहाँले पढिसकेको हुने रे । उसले यो किताब पढेको छैन भनेर छलफल गर्यो ।

यो किताबको यो पानामा यस्तो भनेको छ भने ठ्याक्कै भनिदिने । ‘हामी एकदम मिल्थौं त्यो साथीसँग भेट्ने एकदम इच्छा छ भन्नु हुन्थ्यो । उहाँ त राजनीतिक विश्लेषक पो हुनु भएछ । पछि थाहा भयो त्यो मान्छे को भन्दा त प्रदिप गिरी हुनु हुँदो रहेछ,’ बैकर पौड्यालले भने ।

नारायणीमा पुल थिएन

पौड्याल डण्डामा पढाउन जादा त्यो समय नारायणीमा पुल बनिसकेको थिएन । पाल्पा, बुटवल भएर नवलपरासी पुग्नु पर्थ्यो । शैक्षिक सत्र फागुनबाट शुरु हुन्थ्यो । शिक्षकको कोटा पनि त्यहि बेला पूर्ति हुन्थ्यो । फागुन अघि नै त्यहाँ अध्यापन गराउनेहरू फर्किसकेका हुन्थे । त्यो ठाउँ सुगम भनेर मलाई महिनाको ३ सय रुपैयाँ दिइएको थियो । त्यो पैसा पनि सबै खर्च हुँदैन थियो ।

१० रुपैयाँको चेक काटिन्थ्यो

डण्डाबाट फर्केर आएपछि ६ सय रुपैयाँमा नेपाल बैंकमा खाता खोलेको थिए उनले । हाहा हाँस्दै उनले भने ‘खर्च गर्ने ठाउँ थिएन । पहिलो खाता नेपाल बैंकमा उताबाट बचाएर ल्याएको पैसाले खोलेको हुँ ।’ डिल्ली बजारको ओरालोमा रहेको नेपाल बैंकको शाखामा उनले खाता खोलेका हुन् । उति बेला १० रुपैयाँको चेक काटिन्थ्यो ।

त्यस पछि मुलुकमा आन्दोलन सुरु भयो । पढाइ खासै हुन सकेन । त्यो समय सोल्टी होटलमा काम गरे । त्यतिबेला होटलमा काम गर्नेलाई राम्रो मानिदैन थियो । रेष्टुरेन्ट क्यासिएरमा काम गरे । उनको शैक्षिक पृष्टभुमीअनुसार केही समयमै व्यवस्थापनले एकाउन्टमा सारिदियो । त्यहाँ उनले ६ वर्ष काम गरे । लोकसेवा पनि दिएका थिए । एक पटक राष्ट्र बैंकमा पनि प्रयास गरे, नभएपछि उनले २०३७ सालमा सोल्टीमा जागिर खाएका हुन् ।

त्यसपछि १९८६ स्ट्याण्डर्ड चाटर्डमा जागिर खुलेको थियो । जाँच दिने बित्तिकै अन्तरवार्ता लिइएको थियो । पछि बोलाउला भनिएको थियो । त्यो समयमा परीक्षा दिनेमध्ये उनको उच्च अंक आयो । उनले बैंकमा काम गर्ने अप्वाइटमेन्ट पाए । स्ट्यान्डर्ड चाटर्डमा १४ वर्ष काम गर्दा उनले त्यहाँ धेरै अनुभव हालिस गरे ।

कार्पेट व्यवसाय गर्नेलाई बैंकले यति खुसी बनायो कि त्यसबाट बैंकले उपमा नै पायो ‘कार्पेट बैंक’ भने ‘३ लाख वर्ग मिटर निर्यात हुने गरेको कार्पेट बैंकले लगानी गरेपछि ४० लाख वर्ग मिटर निर्यात हुन थाल्यो ।

स्ट्याण्डर्ड चाटर्डको फाउण्डेसन, गर्भनेन्स एकदमै राम्रो थियो । बैंकले बिजनेस नै कार्पेट क्षेत्रबाट शुरु गरेका थियो । तिब्बतीयन मूलका मानिसहरु कार्पेट क्षेत्रमा धेरै सक्रिय थिए । कार्पेट व्यवसाय गर्नेलाई बैंकले यति खुसी बनायो कि त्यसबाट बैंकले उपमा नै पायो ‘कार्पेट बैंक’ भने ‘३ लाख वर्ग मिटर निर्यात हुने गरेको कार्पेट बैंकले लगानी गरेपछि ४० लाख वर्ग मिटर निर्यात हुन थाल्यो ।

कार्पेट निर्यातको व्यापारमा ५५ प्रतिशत सेयर स्ट्याण्डर्ड चाटर्ड बैंकको थियो । कार्पेटको प्रमुख मेला जर्मनीमा हुने भयो । धेरै व्यवसायीहरू मेलामा जान्थे । त्यो बेलामा एक जना व्यवसायीलाई पौड्यालले सोधे कार्पेट मेलामा हामी पनि गए के हुन्छ भनेर ?

जर्मनीमा सबै नेपालका निर्यातकर्ता भेटियो । त्यो समय नेपालको ७० प्रतिशत निर्यात जर्मनीमा हुन्थ्यो । आयातकर्ता पनि त्यही मेलामा थिए । अमेरिका, मोरोक्को लगायतका देशका व्यवसायीलाई त्यहि एउटै थलोमा भेट भयो ।

त्यसपछि उहाँले निमत्रन्णा पठाइ दिन्छु भने । यो कुरा उनले बैंकका जनरल म्यानेजरसँग राखे । उत्तम विचार जादाँ हुन्छ भन्नु भयो । जर्मनीमा सबै नेपालका निर्यातकर्ता भेटियो । त्यो समय नेपालको ७० प्रतिशत निर्यात जर्मनीमा हुन्थ्यो । आयातकर्ता पनि त्यही मेलामा थिए । अमेरिका, मोरोक्को लगायतका देशका व्यवसायीलाई त्यहि एउटै थलोमा भेट भयो ।

यहाँका निर्यातकर्ताले पौड्याललाई आफ्नो आयातकर्तासँग चिनजान गराइ दिए । सबै जना व्यवसाय गर्नको लागि कर्जा लिन स्ट्याण्डर्ड चाटर्डमा आउने भए । हामीले राम्रो सुविधा दिइरहेका थियौं । उनीहरुलाई एलसी पेमेन्ट स्ट्याण्डर्ड चाटर्डमा पठाउने भए । सम्पूर्ण विवरणहरु लिएर गएको थिए त्यो पनि दिए ।

जर्मनबाट एलसी आउने बैंकका पदाधिकारीहरूसँग पनि उनले विभिन्न सहरमा गएर भेटे । उहाँहरुलाई पनि स्ट्याण्डर्ड चाटर्डबाट कारोबार गर्न प्रोत्साहन गरे । त्यसले बैंकको व्यापार अझ राम्रो भयो ।

व्यवसाय वृद्धिका ‘टासी डे’ तिब्बतीयन व्यापारीलाई कार्ड

तिब्बतीयन मूलका सबैभन्दा चर्चित पर्व लोसार हो । त्यति बेलासम्म नेपालीलाई लोसार भनेको त्यति थाहा थिएन । सन् १९९२ सालतिरको कुरा हो, लोसारको समयमा कार्ड ठमेलमा पाइन्थ्यो ।

विजनेश विस्तार गर्नको लागि ‘टासी डे’ भन्ने कार्ड खरिद गरेर बैंकको नामबाट प्रमुख व्यापारीहरूलाई उनले पठाए । कार्ड पठाउँदाको सेन्टिमेन्टल भ्यालु हेर्दा अहिले पनि खुशी महशुस हुन्छ । कसैले पहिचान नगरेको पर्वमा एउटा बैंकर आएर कार्ड दिँदा उनीहरूसँग आत्मियता बढ्यो । त्यसले व्यापार पनि बढायो ।

कार्पेट क्षेत्रमा राम्रो काम गरेपछि उनलाई १९९३ मा बैंकले विराटनगर सरुवा गर्यो । त्यतिबेला उनको सरुवा अनेत्र नगर्न भनेर कार्पेट व्यवसायीहरू डेलिगेसन नै आएका थिए । बैंकसँग उनलाई बाहिर नपठाउन आग्रह गरे । बैंकका उच्च अधिकारीहरुले उहाँहरुलाई फकाउनु भयो ।

यहाँ जतिसुकै राम्रो गरेपनि विराटनगरमा सरुवा भएको पहिलो महिनाको रिर्पोट घाटामा देखियो । त्यस पछि बिजनेस मोडल परिवर्तन गर्नु पर्छ भनेर विभिन्न कर्पोरट हाउसहरूमा व्यवसाय वृद्धिका लागि उनले प्रिजेन्टेसन गरे । व्यापार विस्तारै बढ्दै गयो । १ वर्षमा विरानगरको व्यापार डब्बल गर्ने टार्केट दिइएको थियो उनलाई । उनको मेहनत र विजनेश गर्ने नयाँ मोडालिटीका कारण सो समयमा व्यापार ४ गुणाले बढ्यो । त्यो उनका लागि ठूलो उपलब्धि थियो ।

५/५ मिनेटमा फरक व्यवसायीसँग मर्डिङ वाक

विराटनगरमा ठूला–ठूला व्यापारीहरू छन् । उनीहरूसँग कसरी नजिक हुने, त्यो सोचका साथ उनी अघि बढे । ती व्यापारीसँग सम्बन्ध कसरी बढाउने भन्ने थियो । उनीहरू बिहान मर्निङ वाल्क जाँदा रहेछन् । त्यो उनले चाल पाए ।
उनी व्यापारीहरूलाई गाडी (ओम्नी भ्यान) मा चढाएर क्लबमा गएर बस्थे । त्यहाँबाट जोगवनी रोडमा वाकमा जान्थे । उद्योगी व्यापारीहरूसँग नजिक हुनका लागि उनी ५ मिनेट एउटासँग फेरि ५ मिनेट अर्कोसँग हिड्थे ।

फर्केर आउँदा आज कुन व्यवसायीले कति ट्रान्जेक्सन गरेको छ भनेर उनलाई थाहा हुन्थ्यो । ब्रान्च म्यानेजरका लागि छुट्टै सेटअप थियो । केटाहरुलाई बोलाएर फलानोसँग यो लिन जाउँ फलानोकोबाट यो लिएर आउ भनेर पठायो । त्यसरी काम गर्दा वर्ष दिनमा ५ गुणाले नाफा बढेको हो, उनले सुनाए ।

‘जहिले पनि बैंकर्सहरूले ग्राहकको आवश्यकता बुझ्ने कोशिस गर्न पर्छ,’ उनले भने ‘अनिमात्र आफूले चाहेको जस्तो सफलता हासिल गर्न सकिन्छ ।’ त्यहाँ उनले ३ वर्ष काम गरे । त्यसपछि उनलाई काठमाडौं बोलाइयो ।

विराटनगरबाट फर्कदा पनि काठमाडौंबाट विराटनगर जाँदाको जस्तै भयो । बैंकका जनरल म्यानेजरले मलाई काठमाडौं पठाउनु हुँदैन भनेर हस्ताक्षर गर्ने व्यवसायीहरूलाई प्रत्यक्ष रुपमा भेटर तपाईहरूलाई आवश्यक पर्ने काम हामी गछौं प्रतिवद्धता नै गर्नु भएको थियो । जनरल मेनेजरले उहाँको करिअरको लागि पनि काठमाडौंमा पठाउनु पर्छ भनेर मनाउनु भयो । काठमाडौं आएपछि कर्पोरेट सम्बन्धी मेजर पोर्टफोलियो हेर्न थाले ।

एनएमबिको यात्रा

सन् २००० मा अचानक एनएमबि मर्चेन्ट फाइनान्सबाट उनलाई अफर आयो । पवनजी र मनोज गयोलले बोलाउनु भयो । हाम्रो फाइनान्स कम्पनीलाई म्यानेज गर्न आउनु पर्यो भनेर प्रस्ताव राख्नु भयो ।

त्यस समय स्टयाण्डर्ड चाटर्डमा काम गरेको मान्छे फाइनान्स कम्पनीलाई गन्दै नगन्ने । २, ४ दिन समय दिनुस् भनेर ब्यालेन्स सिटहरु हेरे । काम गर्दा राम्रै हुने देखेपछि एनएमबि मर्चेन्टमा काम सुरु गरे । बैंक छोडेर फाइनान्समा जाँदा पहिलो एक हप्ता उनलाई राम्रोसँग निद्रा नै परेन । उनको यो निर्णयमा घरपरिवार पनि खुशी थिएन ।

एउटा संस्था सञ्चालन गर्ने र एउटा विकास हेर्ने भन्ने कुरा फरक हुन्छ । पहिला मर्चेन्ट बैंकमा त्यति काम भएको थिएन । मर्चेन्ट बैंकिङमा फोकस गरेर काम गर्दा फाइनान्स एक लेभलमा गयो र यो पनि १ नम्बर बन्यो ।

पछि बाफियाले अपग्रेटको प्रोभिजन ल्यायो । एक जना डाइरेक्टरले गइसकेपछि २ स्टेप नै माथि जाउ भन्नु भयो । उहाँले वाणिज्य बैंकमै जाने उपेन्द्रजी भइ हाल्नु हुन्छ पैसा म हाल्छु भन्नु भयो । १३ करोडको पुँजीबाट १ अर्ब रुपैयाँ पुर्याउनु पर्ने थियो । पछि राष्ट्र बैंकले २ अर्ब भन्न थाल्यो । वाणिज्य बैंकमा स्तरोन्नति हुन २/अढाई वर्ष लाग्यो । राष्ट्र बैंकले कहिले के हुँदैन भन्ने कहिले के भनेर दुःख दिनु दियो ।

हामी भन्दा पछि आवेदन दिएकाहरूलाई एक अर्ब मै वाणिज्य बैंक सञ्चालन अनुमति दियो । हाम्रो २ तहको फड्को भएकाले २ अर्ब पुँजी भनियो ।  त्यस विषयमा मैले धेरै लडाइ गरे । पछि राष्ट्र बैंकले १ अर्ब मै बैंकको लाइसेन्स स्वीकृत गर्यो ।

यसले गर्दा केही समय लाग्यो । हामी भन्दा पछि आवेदन दिएकाहरूलाई एक अर्ब मै वाणिज्य बैंक सञ्चालन अनुमति दियो । हाम्रो २ तहको फड्को भएकाले २ अर्ब पुँजी भनियो ।  त्यस विषयमा मैले धेरै लडाइ गरे । पछि राष्ट्र बैंकले १ अर्ब मै बैंकको लाइसेन्स स्वीकृत गर्यो ।

२०५७ सालमा राष्ट्र बैंकको बोर्डमा जानका लागि उनले केही प्रयास पनि गरे । आफ्नो शक्ति र उमेर हुँदा योगदानकर्ताको भुमिकामा जानु पर्छ भनेर अर्थसचिव, अर्थमन्त्रीसँग कुरा भएको थियो उनको । पूर्व अर्थमन्त्री तथा गभर्नरहरूले पनि बोर्डमा तपाई आउनु भयो भने राम्रो हुन्छ भन्नु भएको थियो । तर, त्यहाँ राजनीतिक पहुँचको आवश्यक पर्दो रहेछ, हुन सकेन ।
एनएमबि बैंकबाट रिटायर हुनुभन्दा अघि नै पोड्याल ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालु भन्ने संस्थामा आबद्ध भएका थिए र उनी अहिले पनि त्यो संस्थामा आवद्ध छन् ।

नेपालका बैंकले नाफालाई प्राथमिकतामा राखेर काम गर्छन

त्यो संस्थाले उनलाई ट्रीपल बटम लाइटमा पिपुल, प्लानेट अनि प्रस्परेटिभलाई केन्द्रमा राखेर काम गर्न सिकायो । हामीले बैंकिङ गर्दा पिपुललाई के गर्न सकिन्छ अर्थात कम्युनिटीलाई के गर्न सक्यौं र प्लानेटका लागि बैंकले के कन्ट्रबियुट गर्यो । वातावरणमा पर्ने असर घटाउन के कति काम गर्यो । ग्लोबल वार्मिङ बढाउने खालका काम गर्नु हुँदैन भन्ने कुरा त्यो संस्थाबाट सिक्न पाए । त्यस पछि मात्रै नाफा हेर्नुपर्छ भन्ने त्यसको मेन थिम थियो ।

त्यो कुरा सुनेपछि उनलाई यहाँका बैंकहरूले नाफा मात्रै सोच्छन् भन्ने लाग्यो र वास्तवमा हो पनि त्यहि । उनले त्यो संस्थाको एउटा कन्फरेन्सलाई नेपालमा ल्याउँछु भनेर त्यही समय निर्धारित गरे । उहाँहरूलाई अर्को वर्षको कन्फरेन्स नेपालमा गर्ने प्रतिवद्धता जनाए ।

यस्तो कन्फरेन्स नेपालमै गर्नु पर्छ भनेर दवाव दिइरहे । हाम्रो बैंठकको अन्तिम दिन अर्को बैंठक कुन देशमा हुने भनेर घोषण गरिन्थ्यो । तर, त्यो समय घोषण गरिएन ।

आयोजकले अर्को वर्ष अर्को देशमा गर्ने तय भइसकेका बताए । तर, उनले यस्तो कन्फरेन्स नेपालमै गर्नु पर्छ भनेर दवाव दिइरहे । हाम्रो बैंठकको अन्तिम दिन अर्को बैंठक कुन देशमा हुने भनेर घोषण गरिन्थ्यो । तर, त्यो समय घोषण गरिएन । त्यस पछि त्यहाँका मानिसहरू नेपालमा आए । मैले १, २ ठाउँ घुमाइ दिए । उनीहरूलाई नेपालले गर्न सक्दैन भन्ने लागेको रहेछ ।

ग्लोबल कन्फरेन्स भने पछि संसारभरका मानिसका प्रतिनिधित्व हुने नै भयो । त्यो मिटिङ मार्चमा प्लान गरिएको थियो । मेरो रिटायरमेन्ट नोभेम्बरमा थियो । एनएमबि बोर्डले त्यो मिटिङ तिमीले ल्याएको भन्दै कन्फरेन्सको लागि ३, ४ महिना रिटायरमेन्टको अवधि थप भयो ।

त्यो कन्फरेन्सको अध्यक्षता तत्कालिन प्रधानमन्त्री प्रचन्डले गर्नु भएको हो । त्यसका लागि उनले धेरै पापड बेल्नु पर्यो । सबै बैंकका अध्यक्षहरुलाई पनि निमत्रन्णा गरिएको थियो । मिडियाले पनि उक्त इभेन्टलाई राम्रै स्थान दियोे ।

उनको उद्देश्य भनेको बैंकिङ भनेका मात्र नाफा गर्नेमात्रै होइन यसको समाजमा सकारात्मक प्रभाव पार्ने काम गर्नुपर्छ भन्ने थियो । त्यो विषयमा नेपालमा पनि छलफल होस् भनेर नेपालमा ल्याएको हो । त्यस पछि एनएमबिबाट उनको रिटायरमेन्ट भयो । ८, ९ महिना पछि राष्ट्र बैंकको सञ्चालकको लागि कुरे । त्यो नभएपछि बैंकका प्रमोटर विनोद चौधरीको आग्रहले उनी नबिल बैंकमा जोडिए ।

मावन र प्रकृतिलाई असर पुर्याउने उद्यम व्यवसायमा नबिलले लगानी गर्दैन

उनी जोडिएपछि नबिलले पनि यस्तै सामाजिक उत्तरदायित्वसम्बन्धी राम्रा उपलब्धीमूलक काम गर्दै आएको छ । स्टयाण्डर्ड चाटर्डमा काम गर्दा चुरोट फ्याक्ट्रीमा गरेको लगानीले उनललाई अझै पोल्छ । त्यति बेला मान्छेको स्वास्थ्यमा असर पुर्याउने वस्तुमा किन लगानी गरे भनेर । उनले त्यतिबेला सूर्य टोवालाई कर्जा उपलब्ध गराएका थिए ।

त्यतिबेला जे भएपनि अहिले उनी नबिल बैंकमा अध्यक्षको भुमिका छन् । अब नबिल बैंकले मानिस, समाज र वातावरणलाई असर पुर्याउने क्षेत्रमा लागनी नगर्ने त्यसको सट्टा समाजमा सामाजिक उत्तरदायित्व वहन गर्ने इन्टरप्रेनर जन्माउन तिर लाग्ने अठोट उनको छ । ‘नबिलले अब कहिले पनि मानव तथा प्रकृतिलाई प्रतिकूल असर पर्ने वस्तु तथा क्षेत्रमा लगानी गर्दैन ।’

 

हेडलाइन्स