सिद्धार्थ बैंकको (सिइओ)मा कडेल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि सोमबारदेखि नै लागू हुनेगरी कडेललाई सिइओमा नियुक्त गरेको हो ।

साउन २६ गतेदेखि लागु हुने गरि कँडेलले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमको कार्यकाल सकिएपछि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रहेका कँडेललाई बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । गौतमको कार्यकाल साउन २५ गतेदेखि सकिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स