कांग्रेस निर्वाचनमा कसले कति पायो मत ?

काठमाडौं । नेपाली कंँग्रेसको सभापति पदका लागि भएको पहिलो चरणको मतदान नतिजाविहीन बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदमा देउवाले ४८.२३ प्रतिशत मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी शेखर कोइरालाले २६.९३ ल्याएका छन् । प्रकाशमान सिंहले ७.९३, विमलेन्द्र निधिले ५.३० र कल्याण गुरुङले ०.०४ प्रतिशत मत हासिल गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स