गत वर्षकोभन्दा घटाएर गर्यो चिलिमेले लाभांश प्रस्ताव

काठमाडौं । चिलिमे जलविद्युत आयोजनाले गत वर्षको तुलनामा यस वर्ष लाभांश घटाएको छ । कम्पनीले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । अघिल्लो वर्षको मुनाफाबाट आयोजनाले गत आर्थिक वर्षमा २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद(९कर प्रयोजनको लागि समेत) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब २८ करोड ७ लाख २८ हजार ३९ हजार ६३२ रुपैयाँ छ । जस अनुसार कम्पनीले ४७ करोड १० लाख ५५ हजार ४४२ रुपैयाँ नगद तथा सो बराबरको बोनस सेयर वितरण गर्नेछ ।

कम्पनीले अघिल्लो वर्ष १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । कम्पनीले पुस २३ गते साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ देखि पुस २३ गतेसम्म बुक्क्लोज गर्ने निर्णय गरेको छ । पुस २२ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स