पुस महिनामा पनि मंसिरकै ब्याजदर कायम गर्ने बैकर्स संघको सहमति

काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनामा ब्याजदर नबढाउने सहमति गरेका छन् । मंसिर महिनामै कायम निक्षेपको १०.०५ प्रतिशत ब्याजदरलाई पुस महिनामा समेत कायम गर्ने सहमति गरेका हुन् । ‘सरकारले खर्च न बढाएसम्म ब्याजदर बढाएरमात्र डिपोजिट नआउने भन्दै मंसिरकै ब्याजदर पुस महिनामा पनि कायम सहमति बैंकर्सहरूले गरेका छन् ।

शुक्रबार संघको नियमित बैठक बसेको थियो । सो बैठकले मंसिरकै ब्याजदर पुसमा पनि कायम गनुपर्छ भन्ने विषयमा सहमत भएका हुन् ।

संघले ब्याजदरका विषयलाई लिएर पर्सी आइतबार डेभलममेन्ट बैंकर्स संघ र फाइनान्स कम्पनी बैंकर्ससँग छलफल गर्ने कुरा भएको छ । जसमा निक्षेपको ब्याजदर पुस महिनामा पनि नबढाउने सहमति भएको छ ।

राष्ट्र बैंकले यसअघि नै हरेक महिना बैंकहरुलाई पछिल्लो महिनामा कायम निक्षेपको ब्याजदरको १० प्रतिशत वृद्धि गर्न पाउने व्यवस्था गरिसकेको छ । सोही अनुसार वाणिज्य बैंकहरुले कात्तिक महिनामा कायम निक्षेपको ब्याजदरको १० प्रतिशतले थप गरी १०.०५ पुर्याएका थिए ।

उक्त ब्याजदर बैंकहरुले अघिल्लो महिनामा कायम औषत ब्याजदरको १० प्रतिशत थप गरेका हुन् । पुस महिनामा समेत सोही अनुसार गर्नु पर्ने हुन्छ । परिवर्तित ब्याजदर बैंकहरुले अघिल्लो महिनाको मसान्तमै सार्वजनिक गर्नु पर्ने हुँदा आइतबार सोमबारसम्म ब्याजदर बढ्ने वा नबढ्ने टुंगो लाग्ने देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स