प्रभु बैंकको साधारणसभा पुस १८ गते, यस्ता छन् एजेन्डा

काठमाडौं । प्रभु बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस १८ गते आइतबार बबरमहल स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा डाकेको हो । उक्त सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

बैंकले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुनेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सो अनुसार पुस २ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

विशेष प्रस्ताव

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७७÷०७८ मा कायम चुक्ता पँुजीको १२ प्रतिशतले हुने १ अर्ब ३६ ३६ करोड १६ लाख ४६ हजार ८७६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने ।

बोनस सेयर वितरणका कारणले बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि सम्बन्धी प्रस्ताव उपर छलफल गरी पारित गर्ने । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार २९९ रुपैयाँ रहेको छ ।

२. वैकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

३, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने /गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारीपत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

४. प्रबन्धपत्र, नियमावलीका विभिन्न दफा/नियम संसोधन गर्ने ।

५. प्रबन्धपत्र, नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र, नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

यस्ता छन् बैंकको अन्य एजेन्डा

सामान्य प्रस्ताव१. आव २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७७/०७८ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।

३. बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको आव २०७७/७८ को वित्तीय विवरण सहितको एकिकृत (ऋयलकयष्मिबतभम) वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।

४.बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आव २०७८÷०७९ का लागि लेखापरीक्षण समितिको सिफारिश बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

५. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ मा कायम चुक्ता पूँजी ०.६३ प्रतिशतले हुने रु.७ करोड १६ लाख ६५ हजार ६२५ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स