काठमाडौं । बिहिबार छापावाला सुनको मुल्य स्थिर अवस्थामा रहेको छ ।
बुधबार, सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
साथै, बुधबार चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले घटेर १२ सय ७५ रूपैयाँ कायम भएको छ ।