कोरोनाका खोप लगाएकालाई आजदेखि शर्त पालना सहित यूएई प्रवेश खुला

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आज बिहीबारदेखि लागू हुने गरी विभिन्न शर्त सहितको प्रवेश खुला गरेको हो ।

आबुधावीस्थित नेपाली दूतावासले यूएई प्रवेशमा खुला गरेको जनाएपनि युएई प्रवेश गर्ने व्यक्तिको हकमा नेपालको विमानस्थलमा कोरोनाको ¥यापिड टेस्ट गर्ने, साथै पिसिआर परीक्षण गर्ने क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने जनाएको छ ।

युएईको भिसा लिएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।

यूएई प्रवेश गर्न चाहनेहरूले युएई सरकारको अनुमति भने अनिवार्य लिनुपर्नेछ । यो प्रवेश कामदारको लागि खुला भने नगरिएको दुतावासले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स