हतियारसहित ४ शिकारी पक्राउ

काठमाडौं । नेपाली सेनाले हतियारसहित ४ शिकारी पक्रउ गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पेट्रोल टोलीले मंसिर २१ गते शिकार गर्ने उद्देश्यले आएका ४ शिकारी पक्राउ गरेको हो ।

बर्दिया जिल्लाको भेरी गंगा नगरपालिका वडा नं. ५, हात्तिखाल बस्ने ३७ वर्षका लक्ष्मण गिरी , ६२ वर्षका भद्रबहादुर वली, ५६ वर्षका ठगबहादुर थापा र २२ वर्षका ललित घर्ती पक्राउ परेका हुन् ।

उनीहरुलाई निकुञ्जको हात्तिखालको बबई पाखा इलाकाबाट भरुवा बन्दुक ३ नाल, १०० ग्राम छर्रा (मसिनो), बारुद ३०० ग्राम, ४ थान हँसिया, र्साकल ३७ थान छर्रा, बन्दुकको ४१ थान गोली, बन्दुकको केप १५ थान, रेति १ र सलाई ५ थान सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स