नबिल बैंकद्वारा ‘नबिल डिजिबैंक पोर्टल’को सुरुवात

काठमाडौं । आजदेखि नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’को सुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकत अनिल शाहले आज आयोजित एक कार्यक्रमबीच नबिल डिजिबैंक पोटलको सुरुवात गरेका हुन् ।

यो पोर्टल मार्फत बैंकका ग्राहकहरूले एकद्धार (सिंगल विन्डो) मार्फत् अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकलाइ सहज र सरल बैंकिङ अनभव प्रदान यस पोर्टलमार्फत् बैंकले आफ्नो उत्पादन सेवालाई स्वचालित बनाएको छ ।

कम्प्युटराइजड बैंकबाट यात्रा शुरु गरेको बैंक स्थापनाको ३७ वर्षपछि डिजिटल बैंकको रुपमा विकास भएको छ ।

नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट रेविट क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल एसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप गर्दै जाने योजना बनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स