हेटौडा, दमौली, भिरकोट, बारबर्दिया र कोहलपुरमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेनसले बीमा जागरण राष्ट्रिय अभियानलाई तीव्रता दिएको छ । असोज महिनाबाट शुरु गरिएको जनचेतना अभियानमा युवा र विद्याथीहरुको आकर्षण बढ्दै गएको छ । यो कारण ३ महिनाभन्दा कम अवधिमा २३ जिल्लाको ४२ स्थानमा ‘युवासँग महालक्ष्मी लाईफ’ सञ्चालन भइरहेको छ ।

यसै सिलसिलामा १५, १६ र १७ गते हेटौडा, दमैली, भिरकोट (स्याङ्जा), बारबर्दिया र कोहलपुरको कलेजहरुमा कार्यक्रम सम्पन्न भएको छ । सहायक क्याम्पस प्रमुख देविराम लामाको अध्यक्षतामा १७ गते हेटौडा क्याम्पसमा सम्पन्न कार्यक्रममा ९० जनाको सहभागीता थियो । बीमाको महत्व बारेमा प्राध्यापक भुपेन्द्र कोइराला र कम्पनीका सहायक महाप्रबन्धक धमलाले प्रकाश परेको कार्यक्रममा बीमा जागरणका विषयमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए । कार्यक्रममा शाखा प्रमुख रेनु साहका साथै अभियानका केन्द्रिय सदस्य सन्ध्या पोखरले र रोमी श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

यसैगरी स्याङ्जा भिरको स्थित भुपु सैनिक कम्यूनिटि एकेडेमीमा अभियानका केन्द्रिय सदस्य खेम भट्टराको अध्यक्षतामा सञ्चालित जनचेतना कार्यक्रममा ४० जनाको सहभागीता रहेको तथा कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमलाले प्रशिक्षण दिएका थिए । मंसिर १५ गते दमैलीको आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापक विरेन्द्र पौडेलको अध्यक्षतामा सञ्चालित ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रममा ३४ जना विद्यार्थीको सहभागीता रहेको थियो । कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमता र एरिया ब्राण्च मेनेजर माधव न्यौपानेले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

बाँकेको कोहलपुर शाखाले बारबर्दिया नगरपालिका १० स्थित जनसेवा बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठको अध्यक्षतामा मंसिर १६ गते ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन गरेको छ । ४० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा सिनियर एजेन्सी मेनेजर ललित जीसी र कम्पनीका शाखा प्रमुख जयप्रकाश उपाध्यायले बीमाको महत्व बारेमा र कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

मंसिर १७ गते कोहलपुरको कोहलपुर मोडेल कलेजमा क्याम्पस प्रमुख संजिव बाबु पंगेनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । ७० जना विद्यार्थीको सहभागीता रहेको कार्यक्रममा अभियानका केन्द्रिय सदस्य विरेन्द्रबहादुर शाही र कम्पनीका शाखा प्रमुख जयप्रकाश उपाध्यायले जीवन बीमाको महत्व बारेमा प्रकाश परेका थिए । कम्पनीका श्रेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले सहभागीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स