भारतीय हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, जनरल रावतको स्थिति गम्भीर

काठमाडौं । भारतीय सेनाको एमआई-१७ हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। सो हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए ।

दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको र जनरल रावतको स्थिति गम्भीर रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएको छ ।

उनीहरु सवार हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटना भएको थियो । रावत र उनीहरुका टोली कुनुरबाट वालिङ्टन जाँदै थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स