५३ अंकले घट्यो नेप्से, साढे २ अर्बको कारोबार

काठमाडौं । साताको चौथो दिन (बुधबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ५३.१० अंकले घटेर २४५५.८० अंक विन्दुमा आइपुगेको छ ।

त्यस्तै, ६५ लाख ६० हजारको कित्ता सेयर २ अर्ब ६६ करोडमा खरिद बिक्रि भएको छ ।

बुधबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह २९४.४४ अंकले घटेको छ ।आज ७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये दुई वाणिज्य बैंक रहेका छन् ।

बजारमा सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स