भारतीय सेना प्रमुख रावतसहितको टोली रहेको हेलिकप्टर दुर्घटना

काठमाडौं । भारतीय सेना प्रमुख रावतसहितको टोली रहेको हेलिकप्टर दुर्घटना भएको छ । रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो।

इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई(१७ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ ।

हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको र ती मध्ये सेना प्रमुख रावतकी पत्नी पनि रहेको इन्डियन एक्सप्रेसले बताएको छ ।

इन्डिया टुडेले अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको जनाएको छ।

समाचार माध्यमका अनुसार रावत र उनीहरुका टोली कुनुरबाट वालिङ्टन जाँदै थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स