होण्डा एक्टिभा १२५ प्रिमियम भारतमा सार्वजनिक, शुरुवाती मूल्य ७९ हजार भारु

काठमाडौं । होण्डा टू-ह्वीलर्स भारतले एक्टिभा १२५ प्रिमियम एडिसन स्कुटर सार्वजनिक गरेको छ । नयाँ स्कुटर दुई डुअल टोन कलर अप्सन–पर्ल अमेजिङ ह्वाइट विथ म्याटे म्याग्निफिसेन्ट कपर मेटेलिक र म्याटे ब्ल्याक विथ म्याटे अर्ल सिल्भर मेटेलिकमा उपलब्ध छ । एक्टिभा १२५ प्रमियम ड्रम भेरियन्टको मूल्य ७८ हजार ७२५ भारु र डिस्क भेरियन्टको मूल्य ८२ हजार २८० भारु (एक्स–शोरुम) तोकिएको छ ।

कस्मेटिक अपडेट बाहेक प्रिमियम एडिसन स्कुटर स्ट्यान्डर्ड एक्टिभा १२५ जस्तै छ । स्टाइलको कुरा गर्दा स्कुटरमा डुअल–टोन बडी कलर देख्न सकिन्छ । जुन साइड प्यानका साथै फ्रन्ट कभरसम्म फैलिएको छ । यसका साथै, स्कुटरमा अन्य महत्वपूर्ण परिवर्तनको रुपमा ब्ल्यक फ्रन्ट सस्पेन्सरका साथ ब्ल्यक इन्जिन पनि रहेको छ ।

होण्डाले स्कुटरमा एलईडी हेडल्याम्पमा ड्यूल टोन प्रभाव जोडेको छ साथै यसमा बडी कलर्ड ग्रैब रेल र प्रिमियम ग्राफिक्स पनि दिइएको छ । जसले स्कुटरलाई निकै सुन्दर बनाएको छ । यसका साथै स्कुरटको टेल ल्याम्पमा एक्टिभा १२५ को एम्बोसिंग पनि दिइएको छ । जसले स्कुटरको रियल लुकलाई अधिक आकर्षक बनाएको छ ।

होण्डा एक्टिभा १२५ प्रिमियम एडिसन स्कुटरमा १२४ सीसी क्षमतको बीएस–६ इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.१ बीएचपीको पवार र ५००० आरपीएममा १०.३ न्यूटन मिटरको टर्क जनरेट गर्न सक्षम छ ।

कम्पनीले यस मोडलमा फ्यूल इन्जेक्टेड सिस्टम प्रयोग गरेको छ । जसको मद्दतले स्कुटरको माइलेज राम्रो हुने कम्पनीको दावी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स