फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, हालसम्म लाभांश घोषणा गर्ने माइक्रोफाइनान्समध्ये तेस्रो

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । फाइनान्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

हाल संस्थाको कायम चुक्तापुँजी ६२ करोड ५५लाख १९ हजार २५० रुपैयाँमा आर्थिक वर्ष २०७७/७८ सम्मको वितरणका लागि उपलब्ध नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने भएको हो ।

फाइनान्सले ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) र ३५ प्रतिशत बोनस सेयर गरी ४२ प्रतिशत लाभांश दिने भएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/12/forward.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स