नागढुंगा सुरुङमार्ग निर्माणका लागि ८३ दिन म्याद थप

काठमाडौं । निर्माधिन नागढुंगा सुरुङमार्गको म्याद थप भएको छ । नागढुंगा सुरुङमार्गका लागि ८३ दिनको म्याद थप गरिएको नागढुंगा सुुरुङ मार्ग निर्माण आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।

नागढुंगा सुरुङमार्ग निर्माणका लागि अझै ढेड वर्षको म्याद बाँकी छ । उक्त सुरुङमार्ग ४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी सडक विभाग र जापनको ठेकेदार कम्पनी हाज्मा–आन्द्रो जेभीबीच २०७६ मंसिर ६ गते सम्झौता भएको थियो ।

सुरुङमार्ग निर्माण सम्पन्न गर्न अझै समय छ । कोभिड-१९ का कारण सुरुङमार्ग निर्माणको काममा केही सिथिलता आएको थियो । कोभिड-१९ का कारण आयोजना बन्द गर्नु पर्ने स्थिति आएको थिए । यो आयोजना पनि कोभिडबाट प्रभावित भएकाले म्याद थपिएको हो ।

सुरुवाती सम्झौता अनुसार नागढुंगा सुरुङमार्ग २०७९ चैतमा भित्रमा सम्पन्न गर्ने लक्ष्य थियो । २०८० असारसम्ममा निर्माण सम्पन्न गर्नेगरी म्याद थप भएको छ ।

कोभिड–१९ को प्रकोपका बीच पनि काम बन्द नरहेकाले सुरुङमार्ग समयमै सम्पन्न हुने प्रमुख शाक्यले विश्वास व्यक्त गरे । सुरुङ खन्ने काम दुई सिफ्ट ९राती र दिउँसो०मा भइरहेको छ । भने, सुरुङ बाहिरको काम दिउँसो मात्र भइरहेको छ ।
आयोजनाका अनुसार सुरुङमार्गको भौतिक प्रगति २५ प्रतिशत र वित्तीय प्रगति ३३ प्रतिशत रहेको छ ।

काठमाडौंको दहचोकदेखि धादिङको सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर छ । सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किलोमिटर र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५६५ मिटर पक्की सडक बन्ने छ ।

यो सुरुङ मार्ग निर्माण भएपछि धादिङको नौबीसेदेखि काठमाडौं प्रवेश गर्ने दूरी ४ किलोमिटरले घट्नेछ । सवारी साधनले यो दूरी १५ देखि २० मिनेटमा पार गर्नेछन् । जबकी हाल सामान्य अवस्थामा एक घण्टा र जाम हुँदा घण्टौंसम्म लाग्ने गरेको छ । नौबीसेदेखि थानकोटसम्मको सडक ११ डिग्रीको उकालोमा छ भने सुरुङमा जम्ममा ४ डिग्री मात्र उकालो हुनेछ । यसले गर्दा सवारी साधनको इन्धन खपत उल्लेखनीय रूपमा घट्ने सडक विभागका अधिकारीले बताएका छन् । हाल यो सडकमा दैनिक १० हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् ।

नागढुंगा सुरुङमार्गको प्रारम्भिक अध्ययन सन् २०१४ मा नै शुरु भएको थियो । सन् २०१६ मा आर्थिक स्रोत सुनिश्चित गरी २०१७ बाट डिजाइन थालिएको थियो । यो सुरुङ मार्ग निर्माण गर्न जापानको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी नियोग ९जाइका०ले १६ अर्ब ६ करोड रुपैयाँ सहयुलियत ऋण उपलब्ध गराएको हो । ०.०१ प्रतिशत ब्याज दरमा उपलब्ध गराइएको ऋण नेपालले ४० वर्षमा तिर्नुपर्नेछ । पहिलो १० वर्षको ब्याज भने तिर्नुपर्दैन ।

हाज्मा–आन्द्रो यो ठेक्का साढे १३ अर्ब रुपैयाँमा प्राप्त गरेको हो । आयोजनाका अनुसार सुरुङमार्ग निर्माण गर्न करिब २२ अर्ब रुपैयाँ लाग्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स